काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६७ पुगेको छ।
आज २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ५६७ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।