नारायणगढ–मुग्लिन सडक दुइतर्फी पुनःसञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुइतर्फी पुनःसञ्चालनमा

२०७९, श्रावण १६ सोमवार

  • 1.8K
    SHARES

  • नारायणगढ–मुग्लिन सडक दुइतर्फी पुनःसञ्चालनमा

    भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । 

    सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै  लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । 

    दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।  

    गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

    २०७९, श्रावण १६ सोमवार०७:५४:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार