तातोपानी नाका अवरुद्ध

तातोपानी नाका अवरुद्ध

२०७९, श्रावण १६ सोमवार

  • 1.6K
    SHARES

  • तातोपानी नाका अवरुद्ध

    सिन्धुपाल्चोक। तातोपानी नाका अवरुद्ध भएको छ । अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ डाक्लाङमा सोमबार बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    सडक भासिए र यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ ।

    सडक मर्मतको लागि सडक विभागसँग समन्वयमा काम सुरु गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    २०७९, श्रावण १६ सोमवार१२:३१:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार