कोरोना अपडेट : थप ८९५ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

कोरोना अपडेट : थप ८९५ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

२०७९, श्रावण १६ सोमवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ८९५ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ६८५ जनाको पीसीआर परीक्षणमा ६३२ जना तथा २ हजार २२४ जनाको एन्टीजेन परीक्षणमा २६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २६४ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६८ पुगेको छ ।

    यसैगरी हाल नेपालमा ४ हजार ९३४ जना सक्रिय सङ्क्रमित छन् ।

     

    २०७९, श्रावण १६ सोमवार०४:०३:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार