कोरोना अपडेट : थप ८१४ जनामा संक्रमण , २९९ जना क्रमणमुक्त

कोरोना अपडेट : थप ८१४ जनामा संक्रमण , २९९ जना क्रमणमुक्त

२०७९, श्रावण १७ मंगलवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ८१४ जनामा संक्रमण , २९९ जना क्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन्।

    यसैगरी पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार १४४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६२ पीसीआर परीक्षण तथा २ हजार ६५३ एन्टिजेन परीक्षण भएको छ।

    २०७९, श्रावण १७ मंगलवार०५:४३:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार