‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

२०७९, श्रावण १८ बुधवार

  • 817
    SHARES

  • ‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

    दाङ । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन् । 

    प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएका छन् । 

    महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भने । उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे ।  

    पाँच दलीय गठबन्धनका बीचमा आफ्नो पार्टीको जनमत नघटेको दाबीसमेत उनले गरे ।

    कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए । 

    २०७९, श्रावण १८ बुधवार०२:१५:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार