मतदाता नामावली सङ्कलन आजदेखि बन्द

मतदाता नामावली सङ्कलन आजदेखि बन्द

२०७९, श्रावण २० शुक्रवार

  • 665
    SHARES

  • मतदाता नामावली सङ्कलन आजदेखि बन्द

    काठमाडौँ । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन बन्द गरेको छ ।

    मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलन आजैदेखि स्थगित हुने छ । 

    अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । 

    २०७९, श्रावण २० शुक्रवार०७:२२:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार