काठमाडौँ । सरकारले मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ।
बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ।
बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट छलफल हुनेछ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेको पाँचदलिय सत्ताधारी दलहरुले स्थानिय निर्वाचन देखि नै गठबन्धन बनाएर प्रमूख प्रतिपक्षी पार्टी नेकपा एमाले लगाएतलाई चुनौति दिँदैआएका छन् ।