सर्वोच्च अदालत शुक्रवार पनि पूरा समय खुल्ने

सर्वोच्च अदालत शुक्रवार पनि पूरा समय खुल्ने

२०७९, श्रावण २० शुक्रवार

  • 853
    SHARES

  • सर्वोच्च अदालत शुक्रवार पनि पूरा समय खुल्ने

    काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ ।

    सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।

    अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्योट हुने विश्वास गरिएको छ ।

    अदालतमा २०७९ सालको वैशाख ३० सम्म पाँच वर्ष नाघेका मुद्दा ४ हजार ८ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६ सय १२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।  

    पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना-२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आज पनि अदालत खुल्ने भएको हो ।

    २०७९, श्रावण २० शुक्रवार०८:२४:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार