बिहानै ५.३ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नुवाकोट

बिहानै ५.३ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नुवाकोट

२०७९, श्रावण २१ शनिवार

  • 801
    SHARES

  • बिहानै ५.३ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नुवाकोट

    काठमाडौं । एकाबिहानै नुवाकोटको बेल्कोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

    बिहान ५ बजेर २६ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको बताइएको छ ।

    यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    २०७९, श्रावण २१ शनिवार०७:३१:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार