प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावमा भोलि संसद् बैठकमा छलफल हुने

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावमा भोलि संसद् बैठकमा छलफल हुने

२०७९, श्रावण २१ शनिवार

  • 701
    SHARES

  • प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावमा भोलि संसद् बैठकमा छलफल हुने

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । 

    आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्तावबारे छलफल हुने कार्यसूची रहेको छ । 

    संघीय संसद् सचिवालयले प्रकाशन गरेको दैनिक कार्यसूचीको सम्भावित कार्यक्रम अन्तर्गत चौथो बुँदामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यक्रम राखिएको छ । 

    आइतबारका लागि राखिएको सम्भावित कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन २९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ । 

    २०७८ साल फागुन १ गते माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस तत्कालीन सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमा तत्कालीन कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका थिए । 

    विभिन्न २१ वटा बुँदामा महाअभियोग लगाउनुका आधार र कारण खुलाएर संसदमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । 

    त्यसपछि प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले महाभियोग सिफारिस समिति गठन गरे पनि त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन ।

    11.png

    २०७९, श्रावण २१ शनिवार०३:०७:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार