काठमाडौँ । देशभर आज थप ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ४२ नमूनाको पिसिआर परीक्षणमा ३ सय २६ जना र २ हजार ७ सय ४० नमूनाको एन्टीजेन परिक्षणमा ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमित ४ सय ४४ जना निको भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ ।
यसैगरी आज २० हजार ६ सय ६६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।