कोरोना अपडेट : थप ५५३ जनामा संक्रमण, ४३३ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ५५३ जनामा संक्रमण, ४३३ जना संक्रमणमुक्त

२०७९, श्रावण २२ आइतवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ५५३ जनामा संक्रमण, ४३३ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ जनाको परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ जना र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    योसँगै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।

    २०७९, श्रावण २२ आइतवार०३:५०:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार