साझा प्रकाशनको अध्यक्षमा प्रगतिशिल पक्षधर डा.सुव्वा विजयी 

साझा प्रकाशनको अध्यक्षमा प्रगतिशिल पक्षधर डा.सुव्वा विजयी 

२०७७, पौष २४ शुक्रवार

  • 3.2K
    SHARES

  • साझा प्रकाशनको अध्यक्षमा प्रगतिशिल पक्षधर डा.सुव्वा विजयी 

    पौष २४, काठमाडौ । 

    साझा प्रकाशनको अध्यक्षमा प्रगतिशिल पक्षधर डा विजय सुव्वा विजयी भएका छन् । 

    भरखरै गणना सम्पन्न गरिएको अन्तिम मत परिणाम अनुसार डा.सुव्वाले उनका निकटतम् प्रतिद्वन्दी प्रजातान्त्रिक पक्षधर जिवन चन्द्र कोइरालालाई पराजित गरेका हुन् ।

    उनले ४१२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी कोइरालाले मात्र १८३ मत प्राप्त गरे । ६४३ मत खसेकोमा ४८ मत बदर भएको थियो । 

    यहि पौष २१ गते ११ बजे देखि शुरु भएको निर्वाचन आज अपरान्ह ३:०० बजे सम्पन्न भएको थियो ।

    ९ सदस्यीय सञ्चालक समितिमा ४ जनाको निर्वाचन हुने प्रावधान साझाको बिधान तथा नियमावलीमा उल्लेख छ ।

    जस अनुरुप महिला सञ्चालक सदस्य सिता ओझा, हरिप्रसाद भण्डारी, डिपी अर्याल र लेखा तथा सुपरिवेछण समिति संयोजकमा प्रभादेवी बज्राचार्य सर्वसम्मत रुपमा यस अघिनै निर्वाचित भैसकेका थिए ।

    लेखा तथा सुपरिवेक्षण समितिका दुई पद भने खाली रहेको छ । निर्वाचनमा पराजित कोइरालाले हारलाई सहज ढंगले लिँदै अत्यन्तै कठिन मोडमा पुगेको साझाले आफुलाई जिवन्त राख्ने गरि काम गर्न नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरे ।

    विजयी डा सुव्वाले आफुलाई विश्वास गरेर शानदार मत सहित विजयी दिलाउनुहुने सम्पुर्ण विद्धत वर्गको भावना अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    मृतप्राय रहेको साझालाई जिवन्तता दिनका लागि प्रजातान्त्रिक तथा वामपन्थी सबै मिलेर उठाउने अठोट समेत सुव्वाले व्यक्त गरेका छन् ।

    सँधै विवादका विचमा रुमल्लिरहेको साझालाई नयाँ उचाइमा पुर्याउन लागि परेका महाप्रवन्धक होम प्रसाद गौतमलाई थप सहज हुनेमा साहित्यकर्मीहरुले विश्वास व्यक्त गरेका छन् । 

    २०७७, पौष २४ शुक्रवार०५:३३:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार