परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीन जाँदै

२०७९, श्रावण २४ मंगलवार

  • 1.6K
    SHARES

  • परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीन जाँदै

    काठमाडौँ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज मंगलबार चीन भ्रमणमा जाने भएका छन्।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का आज(साउन २४ गते) चीन भ्रमणमा जान लागेका हुन्।

    परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्। उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्।

    उनी हिमालयन एयरलाइन्सको एयरबस ३१९ मा करिब २५ जनाको टोलीसहित जान लागेका हुन्।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन जानका लागेका हुन्। दुई नेताबीच कुइन जओमा भेटघाट कार्यक्रम हुनेछ।

    अमेरिकी सदनकी अध्यक्ष न्यान्सी पेलोसीले गत साता ताइवान भ्रमण गरेपछि उत्पन्न द्वन्द्वको परिस्थितिमा चिनियाँ राजदूत होउ यान्छीले नेपालको एक चीन नीतिको दृढताको प्रशंसा गर्दै नेपाल र चीनको एक अर्काको सुरक्षा, सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिन आग्रह गरेकी छन्।

    शेरबहादुर देउवा प्रधानमन्त्री बनेयता पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन्। 

    केही समय अगाडी मात्र प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा र सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमण पश्चातको परराष्ट्र मन्त्री खड्काको चिन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    २०७९, श्रावण २४ मंगलवार०९:०८:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार