विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

२०७९, श्रावण २४ मंगलवार

  • 745
    SHARES

  • विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

    पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताए ।

    एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो । 

    उपनेता नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए । 

    त्यसैगरी सो कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए । 

    २०७९, श्रावण २४ मंगलवार०२:३२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार