बाँकेमा एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि

२०७९, श्रावण २४ मंगलवार

  • 1.1K
    SHARES

  • बाँकेमा एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालगञ्ज । बाँकेमा एकै दिन २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २१ जना छन् । ४ जना बाहिरी जिल्लाका हुन् ।

    भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा १७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना, खजुरा गाउँपालिकामा ४ र जमुनाहा नाकामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड९१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । आज ७ जना निको भएका छन् ।

    बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार २३४ पुगेको छ । यस्तै  २० हजार १६ जना निको भइसकेका छन्  । अहिले बाँकेमा ६५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

    २०७९, श्रावण २४ मंगलवार०२:४५:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार