काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ पुगेको छ।
आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ८०६ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९५८ पीसीआर परीक्षण तथा ३ हजार ३४२ एन्टिजेन परीक्षण भएको छ।