सुदूरपश्चिममा ३५ हजार मतदाता थपिए

सुदूरपश्चिममा ३५ हजार मतदाता थपिए

२०७९, श्रावण २५ बुधवार

  • 989
    SHARES

  • सुदूरपश्चिममा ३५ हजार मतदाता थपिए

    महेन्द्रनगर । स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१  नयाँ मतदाता थपिएका छन् । 

    सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए ।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट सङ्कलन भएर आएका नामावली रुजु गरेपछि निर्वाचन आयोगमा पठाउने जानकारी दिए ।उनका अनुसार नयाँ थपिनेमा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० मतदाता थपिएका छन् । 

    त्यसैगरी कञ्चनपुरमा नौ हजार आठ सय २८, अछाममा चार हजार ८० मतदाता थपिएका छन् । यस्तै यहाँको पहाडी जिल्ला बाजुरामा एक हजार तीन सय ६४, दार्चुलामा एक हजार ६ सय ६४, बैतडीमा दुई हजार आठ सय ६, डडेल्धुरामा दुई हजार दुई सय ५८, बझाङमा एक हजार ६ सय ५९ र डोटीमा दुई हजार एक सय ७२ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

    “नयाँ आएका नामावलीहरू को साताभित्र आयोगमा पठाइसक्ने र भदौको अन्तिममा अन्तिम नामावली प्रकाशित आयोगबाट हुन्छ ।” प्रदेश कार्यालय प्रमुख भट्टले भने, “स्थानीय तहको निर्वाचनपछि आयोगले नै छुटेका मतदाताहरूको नामावली सङ्कलन मुलुकभर थालेको थियो ।” 

    यस पटक अन्तिम नामावलीमा समावेश भएकाहरूले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाका मतदान गर्न पाउनेछन् ।

    २७ लाखभन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा ८८ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

    २०७९, श्रावण २५ बुधवार०२:५१:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार