काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन्हा भने हाल देशभर ५ हजार ८८५ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६१४ पीसीआर परीक्षण तथा ३ हजार ९१ एन्टिजेन परीक्षण भएको छ।