सेन्ट लरेन्सकी अञ्जली थापाले जितिन् ‘मिस प्लस टु’ को अवार्ड 

सेन्ट लरेन्सकी अञ्जली थापाले जितिन् ‘मिस प्लस टु’ को अवार्ड 

२०७९, श्रावण २५ बुधवार

  • 3.2K
    SHARES

  • सेन्ट लरेन्सकी अञ्जली थापाले जितिन् ‘मिस प्लस टु’ को अवार्ड 

    काठमाडौं । काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजकी अञ्जली थापाले ‘मिस प्लस टु’ को उपाधी जितेकी छन् । 

    काठमाडौैंमा भएको प्रतियोगितामा उनले सो उपाधी हात पारेकी हुन् । उनी सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत छिन् । कलेजकी तिक्ष्ण एवं हंशमुखी विद्यार्थी थापा टाईटलकी योग्य प्रतियोगी रहेकी कलेजका अध्यक्ष केशव दंगालले बताएका छन् । 

    ca.jpg

    प्रतियोगिता शुरु हुँदा जानकारी दिएर प्रतिस्पर्धामा होमिएकी थापाले पोजिशन अगाडी बढाउँदै टप ९ मा आए पछि प्रतिस्पर्धा थप पेचिलो बनेको दंगालले स्मरण गरे ।

    इच्छा, मिहिनेत र उत्साहले ओतप्रोत अञ्जलीले मोडलिंग, लिडरसिपका साथै पिएचडी सम्मको अध्ययन पूरा गर्न अध्यक्ष दंगालले सुझाएका छन् । 

    अञ्जलीले चाहेको खण्डमा अध्ययनका लागि स्नातकोत्तर तह सम्मै सेन्टलरेन्समा पूर्ण छात्रबृत्ति प्रदान गरिने पनि दंगालले घोषणा गरेका छन् । 

    २०७९, श्रावण २५ बुधवार०८:२९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार