रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

२०७९, श्रावण २६ बिहिवार

  • 665
    SHARES

  • रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

    रोल्पा । रोल्पामा एक हजार ९५३ नयाँ मतदाता थपिएका छन् । 

    आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।

    निर्वाचन आयोगले गत असार १ गते देखि तीन स्थानबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । 

    जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्ती गाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम भएको थियो निर्वाचन कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले बताए ।

    उनले भने “मतदाता नामावलीमा दोहोरोपना नहोस् भनेर काम गरिरहेका छौँ।”  

    जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो । सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ ।

    २०७९, श्रावण २६ बिहिवार०२:३८:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार