काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९८२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ८६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर २ हजार ४११ पीसीआर परीक्षण तथा २ हजार १२३ एन्टिजेन परीक्षण भएको छ।