काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको नमुना परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी २ हजार २९० जनाको पीसीआर परीक्षण र २ हजार ४२२ जनाको एन्टिजेन नमुनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ जनार एन्टिजेनबाट ३६२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ५११ जना संक्रमणमुक्त भएका छन् ।
हाल कोरोना सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७७५ पुगेको मन्त्रालयले जनाएको छ।