महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

२०७९, श्रावण २८ शनिवार

  • 1.2K
    SHARES

  • महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

    बैतडी। महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

    शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।

    किशोरी बेपत्ता भएको खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन् ।

    २०७९, श्रावण २८ शनिवार०८:००:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार