कोरोना अपडेट : थप २६३ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप २६३ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७९, श्रावण २८ शनिवार

  • 797
    SHARES

  • कोरोना अपडेट : थप २६३ जनामा संक्रमण, २ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् ।

    जसमा १ हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र १ हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

     

    २०७९, श्रावण २८ शनिवार०४:०२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार