काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् । आज टिचिङ अस्पताल पुगेर बालेनले निहारिकालाई भेटेका हुन् ।
भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा दु:ख प्रकट गरेका छन् ।
उनले भनेका छन्, "आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।"