काठमाडौँ । आगमी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ।
निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो।
त्यसयता केही ठूला मूख्य दलले दर्ता गरिसकेका छन् भने केही दर्ता हुनैँ बाँकी छ ।