कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ 

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ 

२०७९, श्रावण २९ आइतवार

  • 1.3K
    SHARES

  • कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ 

    वीरेन्द्रनगर । कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराए । 

    शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित सांसद छन् । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए । 

    यसअघि विसं २०७८ माघ २३ गते उद्योग मन्त्री बनेका हुम्लाका गैर सांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो । 

    उनलाई शुक्रबार नै शपथ गराउने कार्यक्रम भए पनि उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि शपथको तालिका रोकिएको थियो । 

    गत माघमा बनेको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्त विपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो । 

    २०७९, श्रावण २९ आइतवार०४:०१:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार