कोरोना अपडेट : थप ४५५ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप ४५५ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७९, श्रावण २९ आइतवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप ४५५ जनामा संक्रमण, २ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ जना र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने ३०२ जना संक्रमणमुक्त भएका छन् ।

    २०७९, श्रावण २९ आइतवार०४:२७:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार