बलिवुड चलचित्र ‘इश्क पस्मिना’ आगामी  सेप्टेम्बर २३ मा रिलिज हुँदै 

बलिवुड चलचित्र ‘इश्क पस्मिना’ आगामी  सेप्टेम्बर २३ मा रिलिज हुँदै 

२०७९, श्रावण ३० सोमवार

  • 1.3K
    SHARES

  • बलिवुड चलचित्र ‘इश्क पस्मिना’ आगामी  सेप्टेम्बर २३ मा रिलिज हुँदै 

    काठमाडौँ । बलिवुड चलचित्र  ‘इश्क पस्मिना’ आगामी सेप्टेम्बर २३ मा रिलिज हुने भएको छ  । 

    बलिवुड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र  ‘इश्क पस्मिना”को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ । 

    बलिवुड चलचित्र निर्माता सुरज सुर्या मिश्राले आफ्नो चलचित्रमार्फत अधिकांश नयाँ तर प्रतिभाशाली कलाकारलाई ठूलो पर्दामा अवसर दिएका छन्। टिभी दुनियाँका प्रभावशाली कलाकार भाविन भानुशाली र भारतका चर्चित क्रिकेटर दिपक चाहरकी बहिनी मालती चाहर चलचित्रमा मुख्य भूमिकामा देखिँदै छन् । 

    साथै दिग्गज अभिनेत्री जरिना वहाब , बिजेन्द्र काला,कायनात अरोडा र बाल कलाकार गौरीका मिश्रा पनि चलचित्रमा देखिने निर्माण पक्षले जानकारी दिएको छ  । 

    अरविन्द पाण्डेले निर्देशन गरेको फिल्मको गीत र स्क्रिप्ट समेत पाण्डेले नै लेखेका हुन् ।  उनले यस चलचित्रले अहिलेसम्म नदिएको अनौठो र नौलो अनुभव दिने बताए । 

    भारतका प्रसिद्ध सङ्गीतकार शाम बलकर र शाश्वत प्रखरले इश्क पस्मिना चलचित्रको गीतमा सङ्गीत भरेका छन् भने भारतका चर्चित चलचित्र सम्पादक राजेश पाण्डेले फिल्म सम्पादन गरेका छन् । 

    गत जनवरीमा सिम्लामा भारी हिमपात र अत्यधिक चिसो बढेको बेला माइनस डिग्रीमा गएर सुटिङ गरिएको यो चलचित्रको चर्चा त्यस बेलादेखि नै भएको र कलाकारले आफ्नो ज्यान जोखिममा राखेर सुटिङमा सहभागी भएको निर्माण पक्षको दाबी छ  । 

    चलचित्र इश्क पस्मिनाको ट्रेलर भने सेप्टेम्बर १ मा सार्वजनिक हुने निर्माण कम्पनीले जनाएको छ ।

     

    २०७९, श्रावण ३० सोमवार०५:२०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार