आगामी चुनावका लागि दल दर्ता गर्ने समय आज सकिँदै 

आगामी चुनावका लागि दल दर्ता गर्ने समय आज सकिँदै 

२०७९, श्रावण ३१ मंगलवार

  • 661
    SHARES

  • आगामी चुनावका लागि दल दर्ता गर्ने समय आज सकिँदै 

    काठमाडौं । आगामी मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदैछ।

    सरकारले चुनावको मिति घोषणा गरे लगत्तै निर्वाचन आयोगले गत साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो।

    साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिनका लागि  संविधानको धारा २७१ बमोजिम दल दर्ता गर्नुपर्ने हुन्छ।

    आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका थिए ।  तीमध्ये आउँदो चुनावमा भाग लिन सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका छन्।

    प्रमुख दलमध्ये नेपाली कांग्रेस र  माओवादी केन्द्रले सोमबारसम्म दल दर्ता गरेका छैनन् ।  एकीकृत समाजवादी, जसपालगायतका दलहरू भने दर्ता भइसकेका छन्। 

     

    २०७९, श्रावण ३१ मंगलवार११:४६:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार