राष्ट्रपतिद्वारा पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना

राष्ट्रपतिद्वारा पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना

२०७९, श्रावण ३१ मंगलवार

  • 1.1K
    SHARES

  • राष्ट्रपतिद्वारा पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना

    गण्डकी। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नुभयो ।

    राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गरेका थिए ।

    सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई अध्यक्ष श्रेष्ठले मन्दिरका सम्बन्धमा जानकारी गराउनुका साथै मायाको चिनो हस्तान्तरण गरेका थिए ।

     

    २०७९, श्रावण ३१ मंगलवार०१:०७:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार