काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।
टानको पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले काठमाडौंमा गए राति सम्पन्न मतगणनामा प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै अध्यक्षमा निर्बाचित भएका हुन्।
बास्तोलाले ६१६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिष्पर्धि सापकोटाले २६४ मत प्राप्त गरेका थिए ।
यस्तै, टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सिना, सह–कोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।