कोरोना अपडेट : थप ८ सय ८८ जनामा संक्रमण, ४७४ जना संक्रमण मुक्त

कोरोना अपडेट : थप ८ सय ८८ जनामा संक्रमण, ४७४ जना संक्रमण मुक्त

२०७९, श्रावण ३१ मंगलवार

  • 725
    SHARES

  • कोरोना अपडेट : थप ८ सय ८८ जनामा संक्रमण, ४७४ जना संक्रमण मुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये ३ हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

    २०७९, श्रावण ३१ मंगलवार०४:२३:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार