नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने

नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने

२०७९, श्रावण ३१ मंगलवार

  • 1.2K
    SHARES

  • नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ । 

    भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य तेस्रो पटक घटेर आए पनि निगमलाई अझै डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५ सय रुपैयाँ घाटा रहेकोले भारतबाट मूल्य घटेर आए पनि मूल्य घटाउन नसकिने अवस्था रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए । 

    निगमले हाल मासिक ६२।५८ करोड रुपैयाँ घाटा रहेको बताएको छ ।

    निगममा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक थानीले इन्डियन आयल कर्पोरेशन (आइओसी) ले मङ्गलवार पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको जानकारी दिए । 

    कार्यकारी निर्देशक थानीले हाल निगमले १० अर्ब ऋणको ब्याज १४ करोड तिर्नुपर्ने, यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निगमले अझै २३ अर्ब तिर्नुपर्ने दायित्व रहेको पनि जानकारी दिए ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै पछिल्लो समय ३ पटकसम्म लगातार आइओसीबाट पेट्रोलियमको मूल्य घटेर आएको छ । 

    २०७९, श्रावण ३१ मंगलवार०७:४९:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार