आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

२०७९, भाद्र १ बुधवार

  • 1.1K
    SHARES

  • आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

    धनगढी । आज ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

    आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।

    साउने झरी सकिए लगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

    ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

    यो पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ।

    २०७९, भाद्र १ बुधवार०७:५१:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार