कोरोना अपडेट : थप ८५२ जनामा संक्रमण, ५ हजार ४६२ सक्रिय संक्रमित

कोरोना अपडेट : थप ८५२ जनामा संक्रमण, ५ हजार ४६२ सक्रिय संक्रमित

२०७९, भाद्र १ बुधवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप ८५२ जनामा संक्रमण, ५ हजार ४६२ सक्रिय संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने हालसम्म देशभर कोरोनाबाट ११ हजार ९९० जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा  ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    हाल देशभर ५ हजार ४६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८७६ पीसीआर परीक्षण तथा २ हजार ५०७ एन्टिजेन परीक्षण भएको छ।

     

    २०७९, भाद्र १ बुधवार०४:४५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार