फेरि सर्‍यो माओवादी बैठक, भोलि बिहान बस्ने

फेरि सर्‍यो माओवादी बैठक, भोलि बिहान बस्ने

२०७९, भाद्र २ बिहिवार

  • 821
    SHARES

  • फेरि सर्‍यो माओवादी बैठक, भोलि बिहान बस्ने

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक फेरि सरेको छ । 

    पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।

    प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

    बैठक भोलि बिहान साढे आठ बजे बस्नेछ ।

    भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । 

    २०७९, भाद्र २ बिहिवार०८:०२:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार