टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

२०७९, भाद्र २ बिहिवार

  • 973
    SHARES

  • टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

    काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ ।

    आजदेखि लागू भएको सो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।

    इन्डिया भ्वाइस प्याक दैनिक  सुविधा अन्तर्गत २४ घण्टा ९एक दिन० मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु ५९ मा उपलब्ध छ ।

    त्यसैगरी साप्ताहिकअन्तर्गत ७५ मिनेट र मासिकमा दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याक क्रमशः रु दुई सय ५९ मा र रु सात सय ५९ मा उपलब्ध छन् । 

    एक्सेस कोड ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने टेलिकमको भनाइ छ । प्याकेज खरिद गर्न ‘स्टार १४१५ ह्यास’ डायल गरी सात नम्बर छनोटपश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । 

    २०७९, भाद्र २ बिहिवार०८:०८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार