राष्ट्रिय युवासंघले काठमाडौंको फोहोर उठाएकोमा पुर्व सचिव भिम उपाध्यायद्धारा स्याबासी

राष्ट्रिय युवासंघले काठमाडौंको फोहोर उठाएकोमा पुर्व सचिव भिम उपाध्यायद्धारा स्याबासी

२०७९, भाद्र ३ शुक्रवार

  • 1.1K
    SHARES

  • राष्ट्रिय युवासंघले काठमाडौंको फोहोर उठाएकोमा पुर्व सचिव भिम उपाध्यायद्धारा स्याबासी

    काठमाडौं । राजधानी उपत्यका फोहोरका कारण कुरुप र रोगव्याधिको अखडा बन्दै गएपछि राष्ट्रिय युवासंघले फोहोर उठाएको छ । 

    सत्तासिन निकायहरु पूर्णत निकम्मा बन्दै गएपछि संघले हस्तक्षेप गरेको हो । तिनै तहका सरकार पूर्णत असफल बन्दै गएपछि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दिन अघि फोहोर उठाउन शुरु गरेको हो । 

    आज पाँचौँ दिन काठमाडौंको शान्तिनगर तिनकुनेमा थुपारिएको फोहोर युवा संघले उठाएपछि पूर्व सचिव तथा चर्चित सामाजिक संजाल प्रयोगकर्ता भिम उपाध्यायले तारिफ गरेका छन् ।

    उपाध्यायले तारिफ गर्दै भनेका छन्, "धन्यवाद युवाहरु ! सँधै सिर्जनात्मकतामा लागिरहनुहोला साथीहरु ।"

    उपाध्याय तिनै व्यक्ति हुन्, जसले सामाजिक संजालमा केही सेकेण्डमै हजारौंको प्रतिक्रिया पाउँछन् ।

    यद्यपि उपाध्यायले नागरिकताका विषयमा सरकार विदेशीका अगाडी घुँडाटेकेको भन्नलाई खुट्टा कमाएको भनेर कडा टिप्पणी भईरहेको उनका पोष्टमा आएका कमेन्टबाट देख्न सकिन्छ । 

    २०७९, भाद्र ३ शुक्रवार०६:०५:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार