कोरोना अपडेट :थप २९९ जनामा संक्रमण, ५७७ जना संक्रमण मुक्त

कोरोना अपडेट :थप २९९ जनामा संक्रमण, ५७७ जना संक्रमण मुक्त

२०७९, भाद्र ४ शनिवार

  • 825
    SHARES

  • कोरोना अपडेट :थप २९९ जनामा संक्रमण, ५७७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ६७० पीसीआर परीक्षणमा १८० जना र २ हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ४ हजार ६२५ रहेको छ ।

     

    २०७९, भाद्र ४ शनिवार०४:२६:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार