मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै

२०७९, भाद्र ४ शनिवार

  • 785
    SHARES

  • मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै

    बागमती । मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । 

    जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ ।

    कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा छ हजार पाँच सय ३२ जनाले राहदानी लिएका थिए भने अघिल्लो वर्ष २०७७/७८ मा तीन हजार पाँच सय २४ जनाले राहदानी लिएका थिए । झण्डै यो सङ्ख्या दोब्बर रहेको छ ।

    गत आव २०७८/७९ मा सो कार्यालयबाट छ हजार नौ सय ४७ जनालाई राहदानीका लागि साधारण सिफारिस भएको थियो भने चार हजार एक सय ३८ जनाको द्रुत सिफारिस भएको थियो । त्यसमध्ये प्रिन्ट भएर आएकामध्ये चार सय १५ राहदानी वितरण हुन बाँकी रहेको बताइएको छ ।

    त्यस्तै कार्यालयबाट अघिल्लो आव २०७७/७८ मा तीन हजार पाँच सय २४ राहदानी वितरण भएको थियो । त्यसमध्ये आठ सय ५० राहदानी वितरण हुन बाँकी रहेको छ । सो अवधिमा चार हजार तीन सय ७४ राहदानीका लागि साधारण सिफारिस भएको थियो भने दुई हजार नौ सय ५१ द्रुत सिफारिस भएको थियो ।

    यसैगरी उक्त कार्यालयले गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका एक सय ५६ मुद्दा फर्छ्योट गरेको जनाएको छ । 

    गत आवमा दर्ता भएका एक सय ४९ मुद्दा तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये एक सय ५६ मुद्दा फर्छ्योट भएको सो कार्यालयबाट बुझिएको छ । 

    बाँकी २९ मुद्दा चालु आवमा सरेर आएको छ । कार्यालयमा आव २०७८/७९ मा ५३ वटा नयाँ संस्था दर्ता तथा तीन सय सात संस्थाको नवीकरण भएको छ भने सोही अवधिमा दुई पत्रपत्रिका दर्ता गरी सञ्चालन गर्न अनुमति दिइएको बताइएको छ । 

    २०७९, भाद्र ४ शनिवार०५:५३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार