अलबिदा प्रदिप दाजु !

अलबिदा प्रदिप दाजु !

२०७९, भाद्र ५ आइतवार

  • 4.8K
    SHARES

  • अलबिदा प्रदिप दाजु !

    कांग्रेसमा न उनको विचार सुन्ने थिए न सुनाउनु पर्ने मान्छे थिए ! सुन्ने अल्पमतमा थिए । त्यसैले उनी अव कसैलाई केही सुनाउनै नपर्ने गरी बिदा भए । अलबिदा । अलबिदा । अलविदा प्रदिप गिरीप्रति । 

    मुलुकले मात्र हैन नेपाली कांग्रेस पार्टीले एउटा असल नेता समाजबादी चिन्तक गुमाउनु पर्यो । सबैका नजरमा एउटा निष्ठावान आदर्श गान्धीवादी चिन्तक गुमाउनु पर्यो । 

    महाधिवेशन होस कि महासमितिको बैठक नै किन नहोस आफ्नो दृष्टिकोण प्रस्तुत गर्दथे । झापाको कलवढगुडी होस् कि - काठमाडौ होस या पोखरा होस या चितवन होस या नेपालगंज होस कि राजविराज होस, तराई होस कि पहाड या हिमाल नै किन नहोस उनको विद्वतालाई सदैव कार्यकर्ताबाट कदर हुन्थ्यो । विचार संम्प्रेषण हुंदा स्रोता नेता कारेयकर्ता नतमस्तक हुन्थे । उनका विचारबाट पछिल्लो पुस्ता आफ्ना धारणा बनाउँथे । त्यस्ता व्यक्तित्व थिए प्रदिप गिरी ।

    पार्टीको आन्तरिक निर्वाचनका बेलामा आफैले समाजवादको चिन्तन पढ्न आग्रह गर्दै पर्चा बाँड्थे । ती विचार सामान्य कागजमा छापिएका हुन्थ्यो । कहिले काहीँ सहयोगी कार्यकर्ताले पर्चा बाँड्न सहयोग गर्थे । एक्लै मत माग्थे तैपनि हार्छन् कि भनेर सच्चा कांग्रेसको एक एक मतबाट निर्वाचन जित्थे । उनको जीतमा समाजवादी चिन्तक र अनुयायी खुसी हुन्थे ।

    pradip-dai.jpg

    उनको समाजवादी चिनतनको पोको कैयौँ नेता हुँ भन्नेहरुले पर पुगेर त्यस्तो गहन विचारलाइ पढ्दै नपढी च्यातेर फालिदिन्थे । तिनै भन्थे हाम्रा पार्टीको बुध्दि धेरै भएको मान्छे । तिनै नेता आज समवेदनाका २-४ शब्द प्रदिप गिरीप्रति खर्चिन्छन् । उनले बुझेको समाजवादी चिन्तन बारे पार्टीले कहिल्यै चिन्तन मनन गरेन । 

    भन्ने बेलामा- समाजवादी चिन्तक, गान्धीवादी विचारक, लोकतान्त्रिक योद्धा तथा संसदका असल अभिभावकको भन्थे ! न उनको बिचारलाई पार्टीले पार्टीको सम्पत्ती ठाने न उनका विचारलाई पार्टीले लागू गर्न चाह्यो न कहिल्यै उनीसंग सल्लाह नै माग्यो ! उनलाई पार्टीले कहिल्यै मौका दिएन, उनको सरल सादगी व्यक्तित्व देखेर उनलाई सँधै असल कार्यकर्ताले संसदमा पठाइ राखे ।

    टेलिभिजनमा होस कि पत्रिकामा छापिएका बिचारले प्रतिपक्षहरुलाई समेत सोच्न बाध्य पार्थे । 

    संसदमा होस या सडकमा उनको ओजपुर्ण अभिव्यक्तिले सबैलाई असिनपसिन पार्थे ।

    संसदमा उनले बोल्न शुरु गरेपछि सबैको ध्यान उनीप्रति हुन्थ्यो उनले बोलिरहंदा सबै नतमस्तक हुन्थे । पक्ष प्रतिपक्ष सबैका प्रिय थिए । 

    सादगी खानपिन र पहिरनले सँधै आकर्षक व्यक्तित्व बनिरहे ।

    घण्टौ घण्टा सम्म विविध प्रकारका विषयमा गहकिलो र तर्कसंगत अभिव्यक्ति दिन सक्थे ।

    सिरहाले मात्र हैन मुलुकले एउटा सफल समाजवादी चिन्तक, गान्धीबादी राजनीतिज्ञ गुमायो । अपुरणिय क्षति भयो । अलबिदा प्रदिप दाजु । अलबिदा । अलबिदा भन्नु बाहेक थप लेख्ने कुरा केही रहेन ।। हार्दिक श्रद्धाञ्जली !

    २०७९, भाद्र ५ आइतवार०७:४२:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार