वाग्मती प्रदेशमा विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

वाग्मती प्रदेशमा विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

२०७७, पौष २५ शनिवार

  • 2.2K
    SHARES

  • वाग्मती प्रदेशमा विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

    पौष २५, वाग्मती ।

    वाग्मती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कूल ४४ दशमलव ६१ प्र्रतिशत भौतिक प्रगति भएको छ ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा सडक निर्माण तथा मर्मत, सडक पुल तथा झोलुङ्गे पुल निर्माणलगायतका पूर्वाधारमध्ये चालू आर्थिक वर्ष ०७७/०७८ को पहिलो चौमासिकसम्म सो  प्रगति हासिल भएको हो । 

    चालू आवमा प्रदेशभित्र सडक निर्माण तथा मर्मत कार्य गरी कूल ८३६, सडक पुल निर्माण तर्फ ११२ र झोलुङ्गे पुल निर्माणमा १५ योजना रहेका छन् । 

    यी योजनामध्ये केही योजना कार्यान्वयनमा रहेका छन् भने केही योजना कार्यान्वयनको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ग्रामीण सडक महाशाखा प्रमुख नविनकुमार सिंहले जानकारी दिए ।

    मन्त्रालयका अनुसार चालू आवको पहिलो चौमासिकसम्म वित्तिय प्रगति ३९ दशमलब ६१ प्रतिशत भएको छ । ती सबै योजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि एउटा निर्देशनालय र आठ वटा विभिन्न मातहतका कार्यालय रहेका छन् । 

    २०७७, पौष २५ शनिवार०१:४३:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार