भारतमा जीप दुर्घटना : १० जना नेपाली घाइते

भारतमा जीप दुर्घटना : १० जना नेपाली घाइते

२०७९, भाद्र ६ सोमवार

  • 949
    SHARES

  • भारतमा जीप दुर्घटना : १० जना नेपाली घाइते

    महेन्द्रनगर । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुवाहक जीप आज दुर्घटना हुँदा १० नेपाली यात्रु घाइते भएका छन् ।

    बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

    प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी १० जना नेपाली घाइते भएको बताए ।

    दुर्घटनामा परी सुकासालका राधा दयाल, जीतबहादुर दयाल, कञ्चनपुरका हेमा ओझा, दीपक ओझा, धनगढीका चन्द्रा, शानु, बलदेव सिंह, खेमबहादुर, लक्ष्मी र शारदा रहेको बुझिएको छ । 

    घाइतेमध्ये केहीको अवस्था जटिल रहेको र खटिमास्थित सरकारी अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले यहाँको इलाका प्रहरी कार्यालय जानकारी गराएको हो। 

    २०७९, भाद्र ६ सोमवार०४:००:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार