कोरोना अपडेट : थप ६ सय ३४ जनामा संक्रमण,१ जनाको मृत्यु 

कोरोना अपडेट : थप ६ सय ३४ जनामा संक्रमण,१ जनाको मृत्यु 

२०७९, भाद्र ७ मंगलवार

  • 865
    SHARES

  • कोरोना अपडेट : थप ६ सय ३४ जनामा संक्रमण,१ जनाको मृत्यु 

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमा २ हजार ७५७ जनाको पीसीआर परीक्षणमा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षणमा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    यससँगै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ भने ४१७ जना संक्रमणमुक्त भएका छन् ।

     

    २०७९, भाद्र ७ मंगलवार०५:३५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार