शिक्षक र कर्मचारीलाई दलिय आबद्धता त्याग्न बालेनको कडा निर्देशन

शिक्षक र कर्मचारीलाई दलिय आबद्धता त्याग्न बालेनको कडा निर्देशन

२०७९, भाद्र ८ बुधवार

  • 901
    SHARES

  • शिक्षक र कर्मचारीलाई दलिय आबद्धता त्याग्न बालेनको कडा निर्देशन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आबद्धता त्याग्न कडा निर्देशन दिएका छन् ।

    सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आबद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आबद्ध नहुन सचेत गराएका हुन् ।

    ऐनको दफा १४ को उप दफा २ को खण्ड ग ले कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था रहेको छ ।

    साथै, काठमाडौँ महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

    कुनै शिक्षक वा कर्मचारी दलमा आबद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले सामाजिक संजालबाटै सार्वजनिक अपिल गरेका छन् ।

    २०७९, भाद्र ८ बुधवार०७:५३:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार