भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना

२०७९, भाद्र ११ शनिवार

  • 773
    SHARES

  • भारी वर्षाको सम्भावना

    काठमाडौँ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उक्त मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    देशका बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेशका थोरै स्थानका साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    रातिको समयमा पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    २०७९, भाद्र ११ शनिवार११:२८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार