काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ८३९ नमुना परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६४३ र एन्टिजेनबाट २ हजार १९६ नमुनाको परीक्षण गर्दा पीसीआरबाट ६५ र एन्टिजेनबाट १०८ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो।
पछिल्लो २४ घण्टाको अवधिमा थप ३९६ जना कोरोनामुक्त भएका छन् भने हाल सक्रिय कोरोना सङ्क्रमितको संख्या ३ हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ।